रेखासहित १४ जना राप्रपा केन्द्रीय सदस्यमा मनोनित, अन्य को–को परे ? (सूचीसहित)

रेखासहित १४ जना राप्रपा केन्द्रीय सदस्यमा मनोनित, अन्य को–को परे ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा १४ जना केन्द्रीय सदस्य मनोनित गरेका छन् । अध्यक्ष लिङ्देनले पार्टीको विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।

मनोनित हुनेहरुमा नायिका रेखा थापासहित १४ जना रहेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । थापा यसअघि एकता महाधिवेशनमा लिङ्देन प्यानलबाट महामन्त्रीको उम्मेदवार रहेकी थिइन् । तर चुनावमा उनी पराजित भएकी थिइन् ।

मनोनीत हुनेहरूमा लीलादेवी श्रेष्ठ, विन्दु पौडेल, रेखा थापा, प्रेक्षा मल्ल, मीना झा, सन्तोषी शाही ठकुरी, स्वाती थापा, पुष्पा रजौरिया, लक्ष्मी तण्डुकार, समृद्धि राणा, मीना न्यौपाने, शान्ति माया गुरुङ, जयाकुमारी महतो र सावित्रा थापा रहेका छन् ।

यसअघि अध्यक्ष लिङ्देनले पुस २० मा ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । योसँगै राप्रपाको केन्द्रीय कार्य समिति १९५ सदस्यीय बनेको छ ।