उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्दै राप्रपा संयुक्त

उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्दै राप्रपा संयुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तले आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि मङ्गलबार उम्मेदवार घोषणा गर्ने भएको छ ।

मंसिर १४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निवाएचनका लागि उम्मेदवार घोषणा गर्न सो पार्टीको उच्चस्तरीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको प्रवक्ता जनकराज पाठकले जानकारी दिए ।

प्रवक्ता पाठकका अनुसार दिउँसो ३ बजे पार्टी कार्यालय चावहिलमा बस्ने बैठकले कास्की, भक्तपुर, वाग्लुङ र दाङमा उम्मेदवार तय गर्नेछ । राप्रपा संयुक्तले कास्की २ को प्रतिनिधि सभासदस्य पदका लागि गंगा मल्ललाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

त्यस्तै भक्तपुरमा हुने प्रदेश सभा सदस्यका लागि रवीन्द्रप्रताप शाहलाई उम्मेदवार बनाउने र यो प्रदेशमा राप्रपाले राप्रपा संयुक्तलाई सघाउने सहमति भएको बुझिएको छ ।

भक्तपुरमा राप्रपा संयुक्तलाई सघाएवापत वागलुङमा राप्रपा संयुक्तले राप्रपाका उम्मेदवारलाई सघाउने मोटामोटी सहमति भएको बताइएको छ । दाङमा भने राप्रपा संयुक्तले एकल उम्मेदवार उठाउने वा गठबन्धन गर्ने भन्ने निर्णय भैनसकेको सो पार्टीले जनाएको छ ।