राजसंस्था र पार्टीको झन्डाबारे कानुनी र राजनीतिक उपचार खोज्ने राप्रपाको निर्णय


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दु राष्ट्र, राजसंस्था, पार्टीको झन्डाबारे निर्वाचन आयोगलाई उपयुक्त समयमा जवाफ दिने भएको छ ।

आइतबार बसेको पदाधिकारीकाे आकस्मिक बैठकले हिन्दु राष्ट्र, राजसंस्था, पार्टीको झन्डालगायतका विषयमा निर्वाचन आयोगले उठाएको प्रश्न संविधानको मर्म र भावनाविपरीत रहेको एवं पूर्वाग्रही भएको भन्दै कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको हो ।

राप्रपा केन्द्रीय सदस्य मोहन श्रेष्ठका अनुसार बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोगको पत्रबारे पार्टीमा आन्तरिक छलफल गरी उपयुक्त समयमा जवाफ दिने बताएका थिए ।

निर्वाचन आयोगले नेपालको संविधानअनुसार राप्रपाको विधान बाझिएकाले विधानबाट हिन्दु राष्ट्र, राजसंस्था, चुनाव चिन्ह गाई हटाउन पत्राचार गरेको थियो ।

राप्रपा पदाधिकारी बैठकले आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको महामन्त्री भुवन पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement