राष्ट्रियसभा निर्वाचन : प्रदेश १ बाहेक अन्य प्रदेशमा ‘भोट’ नहाल्ने राप्रपाको निर्णय


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रियसभाका निर्वाचनमा प्रदेश १ बाहेक अन्य प्रदेशका मतदान प्रक्रियामा सहभागी नहुने भएको छ ।

राप्रपाका केन्द्रीय पदधिकारीहरूको बैठकले प्रदेश १ बाहेक अन्य प्रदेशको मतदान प्रक्रियामासहभागी नहुने निर्णय गरेको हो ।राप्रपाले मंगलबार विज्ञप्ति जारी गर्दै प्रदेश १ मा पार्टीका उम्मेदवार अम्बरबहादुर विष्ट र रन्जु प्याकुरेललाई मत दिन आफ्ना मतदातालाई निर्देशन दिएको छ ।

१९ पदका लागि भोलि १२ गते सातै प्रदेशमा राष्ट्रियसभाको निर्वाचन हुदैछ । तर, अन्य प्रदेशमा भने राप्रपाका उम्मेदवार नभएकाले मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको महामन्त्री भुवन पाठकले जानकारी दिएका छन् ।

राप्रपाका वागमती प्रदेशमा दुई प्रदेशसभा सदस्य र दुई जना गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष मतदाता छन् । कर्णालीमा एक प्रदेशसभा सदस्य छन् । अन्य प्रदेशमा राप्रपाका मतदाता छैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement