काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनको लागि पशुपति शम्शेर जबरालाई उम्मेदवार सिफारिस गरेको छ ।
राप्रपा सिन्धुपाल्चोकले क्षेत्र नम्बर २ बाट जबरालगायत ५ जनाको नाम जिल्ला कार्य समितिलाई सिफारिस गरेको हो ।
क्षेत्रीय कार्य समितिले जबरासँगै नर सिं श्रेष्ठ (गोपाल), गुनु पाख्रिन, गोपी कृष्ण चौलागाईँ र लीलादेवी चौलागाईँको नाम सिफारिस गरेको हो ।
त्यस्तै, प्रदेशसभा निर्वाचनको लागि क्षेत्र नम्बर २ ‘क’मा मदन केसी, इन्द्र बहादुर अधिकारी र सम्झना भट्टराईको नाम सिफारिस भएको छ। क्षेत्र नम्बर २ ‘ख’मा गोबिन्द गुरुङ, भीमसेन खनाल र सबिना सापकोटालाई सिफारिस गरिएको छ।




प्रतिक्रिया