राप्ती गाउँपालिका ९ मा माओवादीका मगर विजयी

राप्ती गाउँपालिका ९ मा माओवादीका मगर विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – स्थानीय तहको शुक्रबार भएको निर्वाचन अन्तर्गत दाङमा नेकपा (माओवादी केन्द्र)ले वडामा विजयी सुरुआत गरेको छ । राप्ती गाउँपालिका–९ मा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी भएका छन् । ७१४ मत खसेकामा उनले ३५८ मत प्राप्त गरेका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश चुहानले १९८ मत प्राप्त गरेका थिए । उनी यसअघि पनि सोही वडामा अध्यक्ष निर्वाचित भएका थिए । राप्तीमा माओवादी र जनमोर्चाले गठबन्धन गरेका थिए ।