राप्तीमा माछा मार्न गएका दुई जना बेपत्ता

राप्तीमा माछा मार्न गएका दुई जना बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-चितवनको पश्चिम क्षेत्रस्थित राप्ती नदीमा माछा मार्न गएका दुईजना बेपत्ता भएका छन् । भरतपुर–२७ धरमपुरबाट माछा मार्न गएका भरतपुर–२५ का ४३ वर्षीय सञ्जीव चौधरी र भरतपुर–२७ का ४५ वर्षीय सुकबहादुर परियार बेपत्ता भएका हुन् ।

उनीहरूसँगै गएका रोहितकुमार चौधरी भने पौडेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए।

स्थानीयले पनि मेघोली क्षेत्रतर्फ खोजी गरिरहेका छन् । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा उनीहरू बेपत्ता भएका हुन् ।