भारतीय गुप्तचर संस्था रअको प्रमुखमा रवि सिन्हा नियुक्त

भारतीय गुप्तचर संस्था रअको प्रमुखमा रवि सिन्हा नियुक्त


काठमाण्डु – भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)को प्रमुखमा रवि सिन्हा नियुक्त भएका छन् । छत्तीसगढ क्याडरका वरिष्ठ आईपीएस अधिकारी रवि सिन्हालाई मन्त्रिपरिषदको नियुक्ति समितिले सोमबार रअ प्रमुखमा नियुक्त गरेको हो ।

सन् १९८८ ब्याचका भारतीय प्रहरी सेवा (आईपीएस) अधिकृत सिन्हा मन्त्रिपरिषद् सचिवालयमा विशेष सचिवको रूपमा कार्यरत थिए । सामन्त गोयलको स्थानमा उनलाई नियुक्त गरिएको हो । ३० जुन २०२३ मा गोयलको कार्यकाल सकिँदैछ ।

रवि सिन्हाको कार्यकाल २ वर्ष हुनेछ । सिन्हासँग पाकिस्तान, अफगानिस्तान र चीनमा समेत काम गरेको अनुभव छ। सिन्हा अहिलेका प्रमुख सामन्त गोयलपछि दोस्रो वरीयताका अधिकारी हुन्।