राराबाट यसपालि पर्यटनको बिगुल बजाइनेछः प्रम अोली

राराबाट यसपालि पर्यटनको बिगुल बजाइनेछः प्रम अोली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट वैशाख १ गते देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
कर्णाली प्रदेशले आयोजना गर्ने ‘पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न उनी रारा ताल जाने र सोही स्थानबाट देशवासीलाई सम्बोधन गर्ने भएको नेपाल ट्रेड यूनियन महासंघ ‍‌जिफण्टको सातौ महाअधिवेशनको आज.उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो जानकारी दिएका हुन् ।

“कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन वर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु”, प्रधानमन्त्री ओलीले भने, “राराबाट यसपालि पर्यटनको बिगुल बजाइनेछ ।” समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकाले त्यसको प्रवद्र्धनमा सबै क्षेत्र लाग्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए ।