रास्वपाले बोलायो आकस्मिक भेला,कार्यकर्तालाई केन्द्रीय कार्यालय आउन निर्देशन

रास्वपाले बोलायो आकस्मिक भेला,कार्यकर्तालाई केन्द्रीय कार्यालय आउन निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नेता,कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आउन निर्देशन दिएको छ।

रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई यथासक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेका हुन् ।

एक नेताले दिएको जानकारी अनुसार पार्टी सभापति रवि लामिछानेसहितका नेता-कार्यकर्ता अहिले वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा छन्।

गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक रहेका पूर्वडीआइजी छविलाल जोशी पक्राउ परेपछि रास्वपा सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछाने पक्राउ पर्ने आशंका गर्दै रास्वपाले भेला डाकेको हो ।

गोरखा मिडिया नेटवर्कको तत्कालीन सञ्चालक समिति सदस्य रहेका लामिछाने र जोशीलाई कारबाही गर्न संसदीय छानबिन समितिले सिफारिस गरेको थियो ।