काठमाण्डु – विसं. २०७७ साल पौष १७ गते । शुक्रबार । ईश्वी सन् २०२१ जनवरी ०१ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ५६ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर १८ मिनेटमा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययनमा अली बढी समय खर्चिय नतिजा आफ्नै पक्षमा पार्न सकिनेछ । तरपनि पैत्रिक घर जग्गामा गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । कृषि तथा पशुपालनमा रुपैयाँ पैसा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) छोटो यात्रा हुने भएपनि यात्राका क्रममा विभिन्न बाधा अवरोधहरुको सामना गर्नुपर्नेछ । माया प्रेममा धोका तथा विश्वासघात हुनसक्छ ध्यान दिनुहोला । उद्योग तथा व्यावसायमा लगानी गर्नको लागी केही समय पर्ख हेरको रणनीति अपनाउनु नै हितकर हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बोलीको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपूर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेमप्रसङ्गमा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसी हुनेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । फेसनेवल तथा विलाशी सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीति तथा समाजसेवामा सम्मानजनक स्थान पाउन बढि नै मिहिनेत गर्नुपर्नेछ । परिवारका सदस्यहरुसँग विवाद बढ्ने योग रहेको छ भने आफन्तहरु टाढिनेछन् । व्यापार व्यावसायमा लगानी गरे अनुसार प्रतिफल प्राप्त नहुने हुँदा मन खिन्न हुनेछ । माया प्रेममा एक अर्काबीच मनमुटाव सिर्जना हुनेछ । अध्ययनमा मन नजाँदा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेको छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेममा अरुको नकारात्मक टिका टिप्पणीले मनमुटाव बढ्ने योग रहेको छ भने पति पत्नीबीच अविश्वास बढ्ने योग रहेको छ । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउनेछ । लामो दुरीको विदेश यात्रा तय हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेमको बन्धन कसिलो हुनुका साथै दाम्पत्य जीवन सुखी रहनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थसँग सम्बन्धित वस्तुहरु जस्तै – धातु तथा पानीसँग सम्बन्धित वस्तुहरुको कारोबारबाट फाईदा हुनेछ । दाजुभाइ तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)सरकारी सेवामा झन्झटिला प्रक्रिया अवलम्वन गर्नुपर्दा मानसिक तनाव बढ्नेछ । राज्यबाट गलत आक्षेपहरु लाग्न सक्छन् । विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । तरपनि अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न सकिनेछ भने धार्मिक स्थल तथा लामो दुरीको यात्रा तय हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा थोरै लगानी गर्दा पनि मनग्गे आर्जन गर्न सकिनेछ भने समयले साथ दिने हुँदा पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुसन्धानमा समय लगानी गर्नेहरुले सकारात्मक नतिजा हासिल गर्न सक्नेछन् भने माया प्रेममा सामिप्यता बढेर जानेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) गोप्य सुचनाहरु बहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ, ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाँड्हरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहनेछैन । मनोबल कमजोर हुने हुनाले विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सानातिना काममा समय व्यतित हुँदा महत्वपूर्ण कामहरु थाती रहनेछन् । विवाद तथा प्रतिस्पर्धामा सामेल नहुनुहोला, समय मध्यम रहेको छ । काम गर्दा ख्याल गर्नुहोला, काम बिग्रने तथा आलोचना गर्नेहरु प्रशस्त भेटिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा टाढिनु पर्ने बाध्यता आउन सक्छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाइ लेखाइमा अरुभन्दा अगाडी तपाईंको नाम आउँदा मन प्रशन्न रहनेछ । माया प्रेमको गाँठो मजबुत भएर जानेछ भने दाम्पत्य जीवनमा थप खुसीयाली छाउनेछ । आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आम्दानी बढ्ने हुनाले विलासी जीवनयापन गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईंको पक्षमा नआउने हुनाले केहि दिनको लागि पछि सार्नु उपयुक्त हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेमका कोपिला फक्रनेछन् भने छोरा छोरीको कामदेखि प्रशन्न हुने समय रहेको छ । शेयर बजारमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । चिठ्ठा पर्ने अधिक सम्भावना रहेको छ । वौद्धिकताको प्रयोग गरी विशिष्ट व्यक्तिहरुलाई बसमा पार्न सकिनेछ ।




प्रतिक्रिया