आज कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् भाग्यफल

आज कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् भाग्यफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वि.सं.२०७८ साल भदौ ०४ गते । शुक्रबार । ईश्वी सन् २०२१ अगष्ट २० तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ३८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३६ मिनेटमा ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पैतृक धन तथा सम्पत्ति हात लागी हुने योग रहेको छ । शिक्षा भनेजस्तो गतिमा लान सकिनेछ भने प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै आफ्नै पोल्टोमा नतिजा ल्याउन सकिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफूतिर ल्याउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक व्यवस्थापन सुदृढ हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला । पढाइ लेखाइमा अरूभन्दा पछि परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरू सक्रिय हुनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) इमान्दारिता पूर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउन सहज हुनेछ भने विभिन्न भौतिक सम्पत्तिहरू जोड्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) लामो दुरीको अध्ययन यात्रा हुनेछ भने धार्मिक स्थल तथा मन्दिर तिर गई मनलाई शान्त पार्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भौतिक वस्तुहरुको प्रयोग गर्न पाइने तथा आकस्मिक धन सम्पत्ति प्राप्त हुनेछ । नयाँ प्रेम प्रस्ताव आउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीति तथा समाजसेवामा अलि बढी गम्भीरता अपनाउनु होला आलोचना गर्नेहरू सक्रिय रहनेछन् । प्रेममा अविश्वास बढ्ने योग रहेको छ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेममा रमाउन चाहनेहरूका लागि भने समय मध्यम रहेको छ । दाजुभाईहरूसँगको सम्बन्धमा नयाँ पनको विकास हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कुटुम्बसँगको सम्बन्ध थप सुमधुर भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने प्रतिस्पर्धीहरुलाई सजिलै हराई नतिजा जित्न सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भाग्यले साथ दिने हुनाले व्यापार व्यवसायमा थोरै समय लगानी गर्दा पनि प्रशस्त आम्दानी गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रतिस्पर्धामा तपार्ईँकै जित हुनेछ भने सहयोगीको साथ पाइने हुनाले नयाँ प्रकृतिको काम गरी मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रै आम्दानी हुनेछ ।