काठमाण्डु – वि.सं.२०७७ साल कार्तिक १८ गते । मंगलबार । ईश्वी सन् २०२० नोभेम्बर ०३ तारिख । नेपाल संवत् ११४० । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर १५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १७ मिनेटमा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँगको सम्वन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेमको डोरो कसिलो भएर जानेछ । आन्तरिक व्यावसायिक यात्राको प्रसस्त सम्भावना रहेकोछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनताको पक्षमा काम गर्न सक्दा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ। माया प्रेममा सामिप्यता बढेर जानेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) न्यून पारिश्रमिकमा दिनभर काममा व्यस्त हुनुपर्दा मन खिन्न हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्या बढ्ने तथा औषधी उपचार खर्च बढेर जानेछ । अन्य काममा सहभागी हुदा पढाइ लेखाइ भने थाती रहनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेममा सामिप्यता बढेर जानेछ भने घरमा पति पत्निविच बिश्वासको बाताबरण बढेर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रेम प्रशङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाई तथा आफन्तबाट काममा सहयोग हुने हुनाले लगानी बढाउँन सकिनेछ । सवारी साधन प्राप्तीको योगलाई नकार्न सकिदैन ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आर्थिक अभावले महत्वपूर्ण कामहरु थाति रहनेछन् । लामो दुरिको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी भूमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापारमा लगानी गरेपनि आम्दानी कम हुने हुनाले दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधी खर्च बढ्ने योग रहेकोछ । माया प्रेममा एक अर्का विच अविश्वास बढ्ने योग रहेकोछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी नवढाउदा राम्रो हुनेछ । माया प्रेममा विस्वासको वातावरण बढेर जानेछ । तरपनि पेट सम्बन्धी समस्याले सताउनेछ हुदा मानशिक तनाव बढ्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययनमा बिद्यार्थी हरुले चाहेजस्तो नतिजा हात पार्न सक्नेछन् । विलाशी वस्तुको प्रयोग मार्फत अरुको मन तान्न सकिनेछ । प्रिजजन भेट हुनेछ भने आथित्यपुर्ण सम्मान पाइने योग रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पति पत्नी विच विश्वासको वातावरण बढ्ने तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपार्ईँले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा सफलता हात लाग्ने योग रहेकोछ । व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आमाको तथा आमा सरहका मानिसको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । माया प्रेममा सामान्य मनमुटाव बढ्नेछ ध्यान दिनुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) न्यायिक निर्णय तथा कानुनी फैसलाहरु तपार्ईँकै पक्षमा आउनेछन् । पढाइ लेखाइमा मनजाने हुनाले अरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ ।




प्रतिक्रिया