बुधबार कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् भाग्यफल

बुधबार कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् भाग्यफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वि.सं.२०७८ साल भदौ ०२ गते । बुधबार । ईश्वी सन् २०२१ अगष्ट १८ तारिख । नेपाल संवत् ११४१ ।काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ३७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३६ मिनेटमा ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयमा कामहरू सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) छोटो समय तथा सानो प्रयत्नले कामहरू बन्ने हुँदा मन प्रसन्न हुनेछ । भाग्यले प्रेम पात्र जुराउने ग्रहयोग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आत्मीय मित्र तथा साथीभाइहरूको सहयोगले सकारात्मक कामहरू गर्न सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार विस्तार गरी प्रशस्त रुपैयाँ पैसा कमाउनेछ । नयाँ ठाउँको भ्रमण गरी सङ्गीतको सुमधुर धुनमा रमाउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययनमा मन जानेछ भने सफल हुने सूत्र पत्ता लगाउन सकिने हुँदा नतिजा आफैतिर ल्याउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यवहार गर्नुहोला आलोचनाको शिकार हुनुपर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेममा नजिकिने समय रहेको छ भने जीवन साथीको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) मानव निर्मित भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने तथा विलासी जीवन व्यतित गरी रमाउने समय रहेको छ । जीवन साथीसँग रमाइलो यात्राको तय गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) साथीभाइ तथा आफन्तहरूको सहयोग पाइने हुनाले मन प्रसन्न रहनेछ भने नयाँ काम गरी आम्दानीका स्रोतहरू फराकिला पार्न सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समय मध्यम रहेकोले कुनै व्यापार व्यवसायमा लगानी गर्नको लागि केही दिन कुर्नुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ काम पाउने तथा नोकरीमा बढुवाको प्रशस्त सम्भावना रहेको छ ।