काठमाण्डु – माघ ७ गते शुक्रबार २०७८ । तदनुसार जनवरी २१ तारिक २०२२ । विहान ६ः५७ मा सूर्योदय हुनेछ भने ५ बजेर ३४ मिनेटमा सूर्यास्त हुनेछ । विहान १०ः५६ देखि १२ः१६ सम्म राहुकालको समय रहेको छ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) रोजगारीको क्षेत्रमा तपाईलाई सफलता मिल्न सक्छ । शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको शिवालयको दर्शन गर्दा राम्रो हुनेछ । नयाँ काम शुरु गर्दा सफलता प्राप्त हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) व्यापार ब्यबसायमा अर्थलाभ हुनसक्छ । आजको दिन ब्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र तपाईले आफ्नो दैनिककाम गर्दा मनमा खुसी छाउनसक्छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) आजको दिन परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । मनमा निराशा उत्पन्न हुनसक्छ । त्यसैले आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने तपाईको मनमा हर्ष छाउनेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) आर्थिक र सामाजिक समस्याले मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । चन्द्रमाको साथ रहेको छ । त्यसैले आज विहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्दा सफलता प्राप्त हुनेछ । कसैसँग विवाद हुने काम नगर्नुहोला ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) तपाई कैें कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । मित्रमण्डलीले दोष लगाउन सक्नेछन् । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ ।
तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) आजको दिन शुरु गरेको काम सफल हुनेछ । तपाईको कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लागिरहनु होला ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । ् अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) धनु राशि भएका जातकका लागि दिन बलियो छ । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) विगतमा तपाईले गरेको कामबाट मान सम्मान मिल्नेछ । तपाईलाई आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन कुमारी कन्यालाई भोजन र बस्त्र दिनु उत्तम हुनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) आजको दिन मौन बस्नु, यात्रा र अनावश्यक कामबाट हानी हुनेछ । विहान सूर्योदयको दर्शन गरेर मात्र यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ ।




प्रतिक्रिया