काठमाण्डु – १९ माघ २०७८ बुधबार । तदनुसार २ फेब्रुवरी २०२२ । माघशुक्लपक्ष प्रतिपदा तिथि, धनिष्ठा नक्षत्र, वरियान योग वव करण चन्द्रमा मकर राशिमा रहेको छ । आज विहान सूर्योदय ६ः५२ भएकाे छ भने १७ः४४ मा सूर्यास्त हुनेछ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशिका जातकको लागि आजको दिन आकस्मिक अर्थलाभ हुनेछ । दाम्पत्य जीवनमा सुखद यात्रा हुनेछ । घर परिवारबाट आर्थिक सहयोग मिल्नेछ । नयाँ कामको थालनी समेत हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन तपाईंलाई मानसम्मान मिल्नेछ । तपाईमाथि अनावश्यक आरोप लाग्न सक्छ । त्यसैले आजको दिन खर्च हुने काममा होस गर्नुहोला ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको दिन यात्रा गर्न लाग्नु भएको छ यात्रा कष्टकर हुनसक्छ । मनमा चिन्ता छाउने छ । अध्ययन अध्यापनको काममा लाग्नु बेस हुनेछ । नयाँ पुस्तक पढ्ने गर्दा तपाईंमा उर्जा प्राप्त हुन्छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन कर्कट राशिका जातकका लागि पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता हुनसक्छ । कसैसँग पनि वादविवाद गर्दा तपाईको लागि अपमान हुनसक्छ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : तपाईंलाई आज आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनसक्छ । अध्यात्म यात्रामा जानु पर्नेछ । तपाईंले गर्नुभएको कामबाट सन्तुष्ट प्राप्ति होला । कर्म गरेको छु, फल अवस्थ प्राप्त हुन्छ भन्ने सोचका साथ सकारात्मक सोचका साथ कर्ममा लागिरहनु पर्नेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नुहोला । कुनै नयाँ काम शुरु गर्न खोज्दा बाधा हुनसक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : तपाईंले आजको दिन सुरु गरेको काम सफल हुनेछ । त्यसैले तपाईंले आज सबैको भलाइ हुने काम गर्दा बेस हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वाथ्स्यमा विशेष ख्याल राख्नुहोला । तपाईंले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ । त्यसको कारण तपाईमा चिन्ता उत्पन्न हुनसक्छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : सन्तानबाट साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र आफन्तजनको सहयोग हुनेछ । धनु राशिका जातकको लागि आजको दिन कन्यालाई भोजन र दान दिनुभएकामा तपाईंको उन्नती र प्रगतिको बाटोहरु खुल्नेछन् ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : तपाईंले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । बिहान सूर्योदयको दर्शन गरेर यात्रा यात्रा गर्दा फलदायी हुनेछ । यात्रा गर्नुछ भने पूर्वतर्फ फर्केर शुरुवात गर्नुहोला ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : कुम्भ राशिका जातकको लागि आजको दिन स्वास्थ्य समस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा तपाईं आफू बसेको स्थान नजिकको मठमन्दिर देवालयमा जानु उत्तम हुनेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : बिहान सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ । तपाईंले आज गर्ने निर्णयले भविष्यमा अर्थलाभ हुनेछ । देवालय र शिवालयको यात्रा गर्दा मनमा शान्ति प्राप्त हुनेछ ।




प्रतिक्रिया