काठमाण्डु – विसं.२०७७ साल पौष ०१ गते । बुधबार । ईश्वी सन् २०२० डिसेम्बर १६ तारिख । नेपाल संवत् ११४१ काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ४९ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०९ मिनेटमा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा मन्दी आउनेछ भने विदेशी लगानीबाट सञ्चालित उद्योग तथा व्यावसाय फस्टाएर जानेछ । कर्म प्राप्तिको लागी लामो दुरीको यात्रा हुने अधिक सम्भावना रहेको छ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुँदा तिर्नुपर्ने ठाउँमा रकम दिन नसक्दा मन खिन्न हुनेछ । अध्ययन अध्यापनमा मन नजाने हुनाले प्रतिस्पर्धीहरु हावी हुनेछन् । घर परिवार तथा चेली माईतीबीच सामान्य कुरामा राय बाझिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मानव निर्मित भौतिक सम्पत्ति तथा विलासी सामान प्राप्त हुने योग रहेको छ । माया प्रेममा रामाउन चाहनेहरुले सँगै बसेर भलाकुसारी गर्न पाउने समय रहेको छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीति तथा समाजसेवामा जनताको काम गर्न हर कोशिश गर्दा गर्दै नसकिने हुँदा आलोचनाको शिकार हुने योग रहेको छ । सामाजिक मान सम्मानमा आघात पुग्ने योग रहेको छ । घर परिवारबाट टाढा हुनुपर्दा नरमाईलो लाग्नेछ । प्रेममा सामान्य खटपट हुने योग रहेको छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ । व्यापार व्यावसायमा नाफा कमाउन निकै मिहिनेत गर्नुपर्ला । परिवारका सदस्यबाट तपाईंको काममा सहयोग नहुन सक्छ । विद्यामा सफलता पाउन निकै मिहिनेत गर्नुपर्ला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेमका कोपिलाहरु फक्रन पाउने छैनन्, ध्यान दिनुहोला । व्यापारमा उधारो लाने तथा रुपैया पैसा नदिनेहरुले दिक्क लाउनेछन् । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा ध्यान दिनुहोला, मनमुटाव हुने अधिक सम्भावना रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुनेछ भने शत्रु परास्त हुनेछन् । खोज तथा अनुसन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निकाल्न प्रशस्त समय खर्चनु पर्नेछ । आफूलाई मन पर्ने भौतिक सम्पत्ति जोड्न पाउँदा मन हर्षित हुनेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेममा एकअर्कालाई विश्श्वास गर्दै अगाडि बढ्ने समय रहेको छ । विभिन्न किसिमका मानव निर्मित सामानहरु प्राप्त हुनेछन् भने आफूसँग भएको सीप प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । सामाजिक काम गरी राज्यबाट पद प्रतिष्ठा पाउने गतिलो योग रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सरकारी तथा दैनिक काम गर्दा ध्यान दिनहोला, अप्रिय निर्णयको शिकार होइएला । पढाइ लेखाइमा दिइएको समय कम हुनेछ । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्य सम्बन्धी समस्या आई दैनिक कामहरु गर्न सकिने छैन । घरपरिवार तथा आफन्तबीच मनमुुटाव बढ्ने योग रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) काम गर्दा विशेष सावधानी अपनाउनुहोला, समयमा नसकिने हुँदा मान सम्मानमा कमी हुनेछ । बाहिरी वातावरण तथा खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) नयाँ काम पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुने योग रहेको छ । समस्याहरुको समाधान गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । शत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा वर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनीति तथा समाजसेवामा कमाएको इज्जत प्रतिष्ठा यथा– स्थानमा राख्न हम्मे हम्मे पर्नेछ । भौतिक सम्पत्ति तथा विलासी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । घरपरिवार तथा आफन्त जनसँग मनमुटाव बढ्ने योग रहेको छ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।




प्रतिक्रिया