काठमाण्डु – विसं.२०७७ साल मंसिर २२ गते । सोमबार । ईश्वी सन् २०२० डिसेम्बर ०७ तारिख । नेपाल संवत् ११४१ ।काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ४२ मिनेटमा,सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेटमा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा नचाहँदा नचाहँदै टाढिनु पर्ने बाध्यता हुनेछ, ध्यान दिनुहोला । व्यापार व्यावसायमा रुपैयाँ पैसाको व्यावस्थापन गर्न नसक्दा घाटा लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसाय फस्टाएर जानेछ भने उद्योगमा लगानी गरी रोजगारीका अवसरहरु सिर्जना गर्न सकिनेछ । बुवा अथवा बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुनाले अन्य काम गर्न सहज हुनेछ । सरकारी तथा प्रशासनीक क्षेत्रमा तपाईंको वर्चस्व कायम रहने छ भने माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाइ लेखाइमा नसोचेको सफलता हात लाग्नेछ । व्यापारमा वृद्धि हुनेछ भने थप ठाउँमा लगानी गर्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाइने हुँदा आँट तथा पराक्रम बढेर जानेछ ।प्रेममा सामिप्यता बढेर जाने तथा उपाहार प्राप्तीको गतिलो योग रहेको छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) तपाईंले शुरु गर्नुभएको काममा विभिन्न बाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । तपाईंले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केही समय पर्खदा राम्रो हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिए पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दाजुभाइ तथा आफन्तको सहयोगमा व्यापारमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमको डोरो कसिएर जानेछ भने जीवन साथीको सम्बन्ध थप प्रगाढ भएर जानेछ । छोटो तथा रमाईलो यात्राको सम्भावना भएपनि यात्राका क्रममा ध्यान दिन जरुरी छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आत्मिय मित्र तथा साथीभाइहरुको सहयोगले सकारात्मक कामहरु गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नीबीच विश्वासको वातावरण बढ्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडी बढ्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पूरा हुने समय रहेको छ । दाजुभाइ तथा आफन्तबाट भने सहयोग हुने हुनाले दैनिकी सहज मार्गमा अगाडी बढ्नेछ । सवारी साधन तथा अन्य सम्पत्तीहरु लाभ हुने योग रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गर्न सकिनेछ भने लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको योग रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सामाजिक कामहरु समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पारिवारिक माहौलमा दिन बित्ने हुँदा मन प्रशन्न हुनेछ । प्रेममा सफलता तथा सामिप्यता बढ्नेछ । विद्यामा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा आजको दिन लगानी नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । विद्यामा सफलता पाउन मिहिनेत गर्नुपर्ला । दिदि बहिनीबाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला, हतार गरी प्रयोग गर्नाले अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । जीवनसाथीसँगको असमझदारीले दैनिक कामहरु प्रभावित हुनेछन् ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आकस्मिक धन तथा सम्पत्ती हात लागी हुने योग रहेको छ । व्यापार व्यावसायमा लगानी बढाई मनग्गे लाभ लनी सकिनेछ भने शेयर बजारमा गरिएको लगानी फस्टाएर जानेछ । प्रेम प्रसङ्गमा रमाउने समय रहेको छ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।




प्रतिक्रिया