काठमाण्डु – वि.सं. २०७७ साल माघ ०१ गते । बिहीबार । इस्वी सन् २०२१ जनवरी १४ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २८ मिनेटमा ।
मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ) जागिर पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुने प्रशस्त सम्भावना रहेको छ । अध्ययन तथा अध्यापनमा सहकर्मीको साथले नयाँ कुराको खोज तथा अनुसन्धान गर्न सकिनेछ भने सार्थक नतिजाले उत्साह जगाउनेछ ।
बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) सम्मानित काम सम्पादन गर्न सकिनेछ भने रुपैयाँ पैसा प्रशस्त कमाउन सकिनेछ । व्यापार व्यावसायमा सोचेभन्दा बढी नै आम्दानी हुनाले नयाँ क्षेत्रमा लगानी गर्न जाँगर आउनेछ । रोजगारीका अवसरहरु सिर्जना गर्न सकिनेछ ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) धार्मिक स्थल तथा मन्दिरतिर गई दर्शन गर्न सकिनेछ । पढाइलेखाइ तपार्ईं आफ्नै कारणले बिग्रने सम्भावना रहेको छ । सार्वजनिक काम गर्दा ध्यान दिनुहोला काम बग्रने तथा जरिवार तिर्नु पर्नेछ ।
कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) वादविवाद तथा झैझगडाबाट टाडै बस्नुहोला अनावश्यक धन तथा स्थायी सम्पत्ति हानि हुन सक्छ । अध्ययन अध्यापनमा मन नजाने हुनाले प्रतिस्पर्धीहरु हावी हुनेछन् । आम्दानीको तुलनामा खर्च अधिक हुने हुँदा दैनिक गुजार गर्न गाह्रो हुनेछ ।
सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) राजनीति गर्नेहरुले सहकर्मीहरुलाई किनारा लगाउँदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रूपमा सम्पन्न हुने योग रहेको छ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने मामा तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइनेछ ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) जीवन साथीको सहयोगले नाफामूलक व्यावसाय सुरु गर्न सकिनेछ भने लामो दूरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । माया प्रेममा रामाउन चाहनेहरुले सँगै बसेर भलाकुसारी गर्न पाउने समय रहेको छ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) राजनीति तथा समाज सेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाव वढ्नेछ ।
बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) छोटो दूरीको व्यावसायिक यात्राको तय हुनेछ भने यात्राबाट भनेजस्तो उपललब्धि हासिल हुनेछ । विद्यार्थी वर्गहरुले पढाइमा मिहिनेत गरी राम्रो नतिजा ल्याउन सक्नेछन् ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) माया प्रेमका कोपिलाहरु फक्रन पाउने छैनन् ध्यान दिनुहोला । व्यापारमा उधारो लाने तथा रुपैयाँ पैसा नदिनेहरुले दिक्क लाउनेछन् । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा ध्यान दिनुहोला मनमुटाव हुने अधिक सम्भावना रहेको छ तापनि होटल तथा रेस्टुरेन्टको व्यावसाय भने फस्टाएर जानेछ ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खु खे, खो, गा, गी) राजनीति गर्नेहरुले राज्यबाट पद पाउने समय रहेको छ । विलासी वस्तुको प्रयोगमार्फत अरूको मन लोभ्याउन सकिनेछ । आम्दानीका नयाँ नयाँ स्रोतहरु फेला पार्न सकिने तथा व्यापार व्यावसायमा लगानी गरी यथेष्ट लाभ लिन सकिने छ ।
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) पढाइलेखाइमा तपार्ईं आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । मायाप्रेममा अविश्वास बढ्नेछ भने सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउने योग रहेको छ ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) आयस्रोतका बाटाहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट भनेजस्तो नाफा कमाउन सकिने हुनाले अन्य क्षेत्रमा लगानी गर्न सकिनेछ । माया प्रेममा थप प्रगाढता बढेर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ ।




प्रतिक्रिया