काठमाण्डु – १२ पुस,२०७८ । २७ डिसेम्बर २०२१ । पौषकृष्णपक्ष अष्ठमी तिथि, गोरखकाली पूजा, हस्त नक्षत्र, सौभाग्य योग, चन्द्रमा कन्या राशिमा छ । सूर्योदय बिहान ६ः५५ मा हुनेछ भने सूर्यास्त १७ः१४ मिनेटमा हुनेछ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) आजको दिन धनलाभ हुनसक्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ । सकारात्मक सोच राखेर मात्र काम गर्नुपर्ने छ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ । मनमा निरासा छाउने छ । पारिवारिक समस्याका कारण आयभन्दा व्ययबढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु शुभ हुनेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) आजको समय र दिन अनुकुल रहेको छ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । तपाईँलाई मानसम्मान मिल्नेछ । सहयोगी भावका कारण सन्तोष मिल्नेछ । सकारात्मक सोच राखेर कुनै पनि काम गर्दा सफल हुनसक्नुहुनेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) तपाईँलाई आजको दिन मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ । कसैसँग विवाद र झगडा नगर्नुहोला ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा तपाईँलाई फाइदा हुनेछ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ.पे.पो) आजको दिन शुभ रहेको छ । तपाईँले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । चन्द्रमाको साथ रहेको हुनाले आजको दिन नयाँ काम गर्दा सफल हुनुहुनेछ ।
तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) आजको दिन शुरु गरेको कामले सफलता प्राप्त गर्नेछ । व्यापारमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईँलाई मनमा उर्जा थप गर्नेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) आजको दिन यात्रा अवरोध आउनसक्छ । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । आजको दिन तपाईँले गरेको कामको प्रसंसा हुनेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) तपाईँले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । त्यसैले आजको दिन तपाईँले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) तपाईँका लागि आज अर्थलाभ हुने सम्भावना छ । कसैलाई सापटी दिनुभएको छ भने आजको दिन पनि प्राप्त हुनसक्छ । तर, मनमा अशान्त हुनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) आजको दिन तपाईँले गर्ने यात्राले मनमा प्रसन्नता छाउने छ । आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्चनु भएको छ भने सम्मान मिल्नेछ ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) सोमबार सुरु गरेका काम साताभित्र सकिने छ । त्यसैले आजको दिन कुनै शुभ कामको शुरुवात गर्नुभयो भने त्यो काम यही साताभित्र सकिने छ । मीन राशिका जातकले आजको दिन मौन रहनु बेस हुनेछ ।




प्रतिक्रिया