काठमाण्डु – १६ पुस २०७८ । डिसेम्बर महिनाको अन्तिम दिन शुक्रबार अर्थात् सन् २०२१ को अन्तिम दिन हो । भोलिबाट सन् २०२२ सुरु हुनेछ । सूर्योदय बिहान ६ः ५६ मिनेटमा हुनेछ भने सूर्यास्त १७ः१८ मा हुनेछ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : रोजगारीको क्षेत्रमा नयाँ सफलता हात लाग्नेछ । शुक्रबार भएकाले नजिकको शिवालयको यात्रा गर्दा मनमा खुसियाली छाउने छ । बिहानै देवालयको दर्शन गरेर काम सुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापारमा अर्थलाभ हुँदा मनमा खुसियाली हुनसक्छ । आजको दिन ब्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनुहोला । सकारात्मक हुन जरुरी छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्नेछन् । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । त्यसैले आज सकारात्मक सोच राखेर मात्र काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन आर्थिक र सामाजिक समस्याले मनमा अनेकखालका समस्या आउनसक्छ । कसैसँग विवाद हुने काम नगर्नुहोला । घरपरिवारमा समेत सामान्य कुरामा पनि विवाद हुनसक्छ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । बिहानको सूर्योदयको दर्शन गरेर मात्र दिनको कामको शुरुवात गर्नुभयो भने सफलता मिल्नेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : काम र व्यवहारका कारण आफन्तसँग सम्बन्ध बिग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । आज आम्दानीको राशिबाट घरमा महिलालाई केही उपहार दिनु राम्रो हुन्छ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन सुरु गरेको काम सफल हुनेछ । कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै कामबीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । चन्द्रमाको साथ रहेको छ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :ग्रह बलिया भएका छन् । त्यसैले आजको दिन सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : विगतमा तपाईँले गरेको कामबाट मान सम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन लक्ष्मीको आरधनाले मनमा प्रसन्नता छाउनेछ । आफ्नो व्यवसाय भएको ठाउमा रहेको लक्ष्मीमाताको मन्दिरको सरसफाई गर्नहोला ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । विदेश यात्रा गर्ने सोच राख्नुभएको छ भने आजको दिन त्यस काममा लाग्नुहोला । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : आजको दिन मनमा प्रसन्नता छाउने छ । विहान सूर्योदयको दर्शन गरेर मात्र यात्रा सुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ ।




प्रतिक्रिया