काठमाण्डु – वि.सं.२०७७ साल पौष २७ गते । सोमबार । ईश्वी सन् २०२१ जनवरी ११ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २५ मिनेटमा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नीति नियमको बेवास्ता गर्दा राज्यलाई दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ,सचेत रहनुहोला धार्मिक तथा तिर्थ स्थलको यात्रा गरी मनलाई शान्त पार्न सकिनेछ । माया प्रेममा अरुकै नकारात्मक टिप्पणिले गर्दा मनमुटाब बढ्नेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) हरेक क्षेत्रमा अवसरवादी हावी हुनाले कामहरु समयमा सम्पन्न हुदैनन् । माया प्रेममा अविश्वास तथा धोका हुने अधिक सम्भावना रहेकोछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समय मध्ययम रहेकोले कुनै व्यापार व्यावसायमा लगानी गर्नको लागि केही दिन कुर्नुहोला । आर्थिक व्यावस्थापनका लागी गरीने कामहरु अन्तिम निष्कर्षमा नपुगी विचमानै अवरुद्ध हुन सक्छन्,ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सामाजिक काम गर्ने अवसर आएपनि जस नपाउदा मन खिन्न हुनेछ । आफन्त तथा सन्तान पक्षले अनाबश्यक झन्झट दिनेछन् भने माया प्रेममा आफ्नो मायालुलाई बिश्वासमा लिन बढिनै समय खर्चिनु पर्नेछ । व्यापारमा सोचोजस्तो प्रतिफल प्राप्त नहुन सक्छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नोकरिमा सुगम स्थानमा स्थानान्तरण हुनेछ भने भनेजस्तो काम पाइने हुदा मनग्गे धन कमाउँन सकिनेछ । जीवन साथीको सहयोगले महत्वपुर्ण कामहरु समयमा सम्पादन हुदा मन प्रशन्न रहनेछ । साझपख आफन्त तथा दिदि बहिनी सँग मनमुटाब सिर्जना हुने योग रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) विवादित निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुले नयाँ ठाउको भ्रमण गरी रमाउने योग रहेकोछ । बिहानको समयमा सरसफाईमा ध्यान दिनुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।आन्तरिक व्यावसायिक यात्राको प्रसस्त सम्भावना रहेकोछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) । आमा वा आमा सरहका मानिसबाट टाडिएर लामो दुरिको यात्रा हुने अत्याधिक सम्भावना रहेकोछ । बिहानको समयमा कृषि तथा शहकारि व्यावसायलाई नयाँ तरिकाले बिस्तार गरी मनग्गे लाभ लिन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त,साथिभाई तथा कुटुम्वसँग मनमुटाव बढ्नेछ । खोज तथा अनुशन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुन सक्छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । बिहानको समय राम्रो रहेकोले व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्त बीचको सम्बन्धमा सुधार भएर जानेछ । सुन्दर तथा विलासी बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ काम पाउने तथा गरीरहेको ठाउमा बढुवा हुने योग रहेको छ । समस्याहरुको समाधान गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ ।




प्रतिक्रिया