शनिबार कुन राशिका लागि कति उत्तम ? हेर्नुहोस् राशिफल

शनिबार कुन राशिका लागि कति उत्तम ? हेर्नुहोस् राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वि.सं.२०७७ साल साउन ३१ गते । शनिबार । ईश्वी सन् २०२० अगष्ट १५ तारिख । नेपाल संवत् ११४० । काठमाण्डुमा सूर्योदय ०५ बजेर ३४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३९ मिनेटमा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखि रहनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरुबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्ने वाताबरण बन्नेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बोलिको प्रभाव बढ्ने हुनाले महत्वपुर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पति पत्नी तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपार्ईँले गरेको काममा सहयोग प्राप्त हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)बिद्या तथा प्रतिस्पर्धामा पतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ भने बित्तिय क्षेत्रसँग सम्वन्धीत कामहरु फस्टाएर जानेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा मन्दी आउनेछ भने विदेशी लगानी बाट सञ्चालित उद्योग तथा व्यावसाय फस्टाएर जानेछ । कर्म प्राप्तिको लागी लामो दुरिको यात्रा हुने अधिक सम्भावना रहेकोछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) रोजगारिका अवसर सिर्जना गरी मनग्गे धन सम्पति कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट लाभ पाउनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाइ लेखाइमा अरुभन्दा पछी परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुनेछन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्बृद्ध बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त तथा मावली पक्षको सहयोग पाइने हुनाले कामहरु गर्न शरिरमा उर्जा पैदा हुनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई हराउदै सकारात्मक नतिजा हात पार्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आकश्मिक धन तथा सम्पती लाभ हुनेयोग रहेकोछ भने शेयर बजार तथा सट्टाको व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको जनताको काम गर्न सक्दामात्र मान सम्मान इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।