काठमाण्डु – विसं २०७८ साल जेठ २७ गते बिहीबार । इस्वी सन् २०२१ जुन १० तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ०९ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५७ मिनेटमा ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पढाइलेखाइमा ध्यान नदिए अरूभन्दा पछि परिनेछ । अरूका लागि समय र श्रम खर्च हुनेहुँदा आफ्नो काम थाँती रहनेछन् ।
बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) मायाप्रेममा एकअर्काबीच नचाहँदा नचाहँदै छुट्टिनुपर्दा नरमाइलो महसुस हुनेछ । राजनीति तथा समाज सेवामा नताको आलोचनात्मक समर्थन रहनेछ । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) गीतसङ्गित क्षेत्रमा रुचि बढ्ने हुँदा केही समय रमाइलोतिर पनि समय खर्च हुनेछ । समयको गतीसँगै अगाडि बढ्न सकिने हुनाले आर्थिक रूपमा सम्पन्न हुन सकिनेछ ।
कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) पढाइ लेखाइमा मन जानेछैन भने अल्छी गर्नाले अन्य काम पनि बिग्रनेछ । प्रेममा एकअर्कालाई अविश्वास गर्नाले नचाहँदा नचाहँदै टाडिनुपर्दा मनमा नरमाइलो लाग्नेछ ।
सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । मायाप्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । सामाजिक काम गरी समाजमा सम्मानित हुने योग रहेको छ ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । अल्छी गर्ने बानीले कामहरू बिग्रन सक्छ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछैन । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आफन्त तथा दिदीबहिनीसँग साना साना कुरामा मनमुटाव बढ्नेछ । यात्रा गर्दा सावधानी अपनाउनु होला, आजको दिन मध्ययम रहेकोछ ।
बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) व्यावसायमा लगानी नगर्नुहोला, आज गरिने व्यावसायमाबाट घाटा लाग्न सक्छ । ध्यान अन्यत्रै मोडिँदा पढाइलेखाइमा अरूभन्दा पछि परिनेछ । लामो दूरीको धार्मिक तथा अध्ययन यात्रा हुने अधिक सम्भावना रहेको छ । धर्मकर्ममा मन जानेछ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) दाजुभाइ तथा आफन्तसँग मिलेर गरिने दैनिक उपभोग्य वस्तु , औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने पतिपत्नीबीच मायाको गाँठो कसिलो भएर जानेछ ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) सहासिलो काम गर्ने जोस जाँगर आउनेछ भने खेलकुद तथा यस्तै गतिविधिमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । पढाइलेखाइमा परिणाममुखी उपलब्धि हासिल गर्न सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)आमा वा अग्रजको सहयोगले महत्त्वपूर्ण काम सम्पादन गर्न सकिनेछ । राजनीति तथा समाज सेवामा समय लिनेहरूले पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । अध्ययनमा ध्यान जाने हुनाले स्कुल कलेजमा तपाईंको नाम अग्र स्थानमा आउनेछ ।
मीन (दि, दू, थ, झ, ञ, दे, दो, चा, ची) वचन पूरा गर्न नसक्दा आफन्त तथा इष्टमित्रहरू तपाईंदेखि टाडिन सक्छन्, ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।




प्रतिक्रिया