सोमबार कुन राशिका लागि कति शुभ ?

सोमबार कुन राशिका लागि कति शुभ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  वि.सं.२०७८ साल साउन २५ गते । सोमबार । ईश्वी सन् २०२१ अगष्ट ०९ तारिख । नेपाल संवत् ११४१ ।काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ३१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४५ मिनेटमा ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोरा छोरीबाट तपाईंको काममा सहयोग हुने छैन ।  खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने मामा तथा मावली पक्षबाट तपाईंको काममा भनेजस्तो सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ । बिहानको समय मध्यम रहेकोले ठुलो लगानी नगर्नु नै राम्रो रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यवसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने इच्छित चाहनाहरू पूरा हुने हुनाले मन चङ्गा हुनेछ । भूमि वाहन तथा पैतृक सम्पत्तिको उपयोग गरी थप फाइदा लिन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  मध्यान्हबाट समय मध्यम रहेकोले नराम्रा तथा अप्रिय समाचारमा मन खिन्न हुनेछ । बचन पूरा गर्न नसक्दा आफन्त तथा इष्टमित्रहरू तपाईंदेखि टाढिन सक्छन् ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  प्रेम प्रसङ्गमा रमाउन चाहानेहरुका लागी दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरी समय व्यतित गर्न सकिनेछ । पढाइमा प्रगति हुने तथा नतिजा तपाईंआफ्नै पोल्टोमा पर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  बाहिरी वातावरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । व्यापार व्यवसायमा मन्दी आउनेछ भने विदेशी लगानी बाट सञ्चालित उद्योग तथा व्यवसाय फस्टाएर जानेछ

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययनमा अध्यापनमा मन जाने हुनाले नयाँ नयाँ कुराको खोजमा समय बित्नेछ । माया प्रेममा रमाउन सकिने समय रहेको छ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाइ लेखाइमा दिएको समय कम हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आई दैनिक कामहरू गर्न सकिने छैन । घरपरिवार तथा आफन्त बीच मनमुटाव बढने योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुसी भएको महसुस गर्नेछन् । रमाइलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  व्यापार व्यवसायमा लगानी गरी मनग्गे नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा लगानी गर्नेहरू सफल रूपमा स्थापित हुनेछन् । गीत सङ्गीतमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समय राम्रो रहेकोले छोटो दुरीको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सुखी रहनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बौद्धिक कार्यमा सहभागी भई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । व्यापार व्यवसायमा सन्तोषजनक फाइदा हुनेछ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन अलि बढी नै सङ्घर्ष गर्नुपर्नेछ ।