बिहीबार कुन राशिका लागि कति शुभ ? हेर्नुस भाग्यफल

बिहीबार कुन राशिका लागि कति शुभ ? हेर्नुस भाग्यफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विसं.२०७७ साल मंसिर २५ गते । बिहीबार । ईश्वी सन् २०२० डिसेम्बर १० तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ४५ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेटमा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खानपानमा विशेष ध्यान दिनुहोला, स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ । प्रेम प्रसङ्गगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछैन । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ भने प्रेममा सामिप्यता बढेर जानेछ । सन्तान, छोराछोरी तथा आफन्तसँग रमाईलो यात्रा तय गर्न सकिनेछ । व्यापारमा लगानी गरी आर्थिक अवस्था सुधार्न सकिने समय रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा मार्फत् मनग्गे लाभ लिन सकिनेछ । प्रेमको डोरो कसिनुको साथै घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइनेछ । सरकारी क्षेत्रमा सम्मानजनक सहभागिता रहने योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मायाप्रेममा धोका हुनेछ भने परिवारमा झै झगडा हुने सम्भावना अधिक रहेको छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ । विद्यामा अरुभन्दा पछी परिने हुँदा मन खिन्न हुनेछ । समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुनेछ । दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा गिरावट आउनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । अध्ययन तथा अनुसन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीचको सम्बन्धमा थप बिश्वास थपिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  प्रेमप्रसङ्गमा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसी हुनेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । फेसनेवल तथा विलाशी सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपाईंकै पोल्टोमा पर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय प्रतिकूल बन्नेछ भने यहि बेलामा आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । यात्राको प्रशस्त सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन् । प्रेम प्रसङ्गमा चिसोपनले जरा गाड्नेछ, ख्याल गर्नुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)  व्यापार व्यावसायमा प्रशस्त समय दिएमात्र आम्दानी बढाउन सकिनेछ भने नयाँ काम थालनी गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिनुहोला ।  माया प्रेममा नजिक भएपनि आत्मियताको कमी महसुस हुनेछ । आफन्त तथा अग्रजहरुसँग मनमुटाव बढ्ने तथा साथी भाइले असहयोग गर्दा मनमा बेचैन पैदा हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)आफन्तजन तथा दाजुभाइबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा  भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेको छ । विद्यामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफैंतिर ल्याउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा गरिएको लगानीबाट नाफा कमाउन निकै नै संघर्ष गर्नुपर्ला । विद्यामा सोचेजस्तो प्रगति गर्न बढि नै समय दिनुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । ऋण लाग्ने तथा खर्च बढ्ने हुँदा मन चिन्तित हुनेछ । प्रेममा अविश्वासको वातावरण सिर्जना हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) ऋण, रोग तथा संकटको सामना गर्नुपर्नेछ भने यहि बेलामा आयस्रोतका बाटाहरु साँघुरा हुनेछन् । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ ।आफन्त तथा दिदिबहिनी सँग स–साना कुरामा मनमुटाव बढ्नेछ । यात्रा गर्दा सावधानी अपनाउनु होला, आजको दिन मध्ययम रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  राज्यबाट गलत आक्षेपहरु लाग्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछाडी परिनेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकै नै समय दिनु पर्नेछ । तरपनि अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न सकिनेछ भने धार्मिक स्थल तथा लामो दुरीको यात्राको तय हुनेछ ।