काठमाण्डु – विसं.२०७७ साल मंसिर २४ गते । बुधबार । ईश्वी सन् २०२० डिसेम्बर ०९ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ४४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेटमा । दिनमान २५ घडी ५७ पला । विश्व भ्रष्टाचारविरुद्ध दिवस ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विभिन्न भौतिक तथा विलासी सामानहरु जुट्नेछन् भने भविश्यमा आम्दानी हुने व्यावसायमा लगानी गर्न सकिनेछ । आयस्रोतका बाटाहरु फराकिला हुनेछन् भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । मायाप्रेम तथा पति पत्नीबीचको सम्बन्धमा विश्वासको वातावरण मजबुत भएर जानेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मायाप्रेममा नजिक हुँदा अविश्वास बढ्ने हुनाले आजको दिन टाढै रहनु उचित हुनेछ । आफन्त तथा दाजु भाइसँग सानो कुरामा विवाद बढ्नेछ भने गैर न्यायिक कामहरु नगर्नुहोला समय तपाईंको पक्षमा रहेको छैन । खेलकुद तथा साहसिलो क्षेत्रमा पनि तपाईंंको पक्षमा नतिजा नआउन सक्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मायाप्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोरा छोरीबाट तपाईंको काममा सहयोग हुने छैन । वौद्धिक कार्यमा सहभागी भई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सामाजिक काम गर्दा ध्यान दिनुहोला, प्रतिस्पर्धीहरुले तपाईंको साख गिराउन खोज्नेछन् । खोज तथा अनुसन्धानमा दिइएको समयबाट भनेजस्तो उपलब्धि हाँसिल हुन मुस्किल रहेको छ । घर जग्गा तथा स्थाई सम्पत्तिमा विवाद आउने योग रहेको छ भने आमा वा आफन्तसँग टाढिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा प्रशस्त समय लगानी गरेपनि आम्दानी थोरै हुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । अध्ययनमा मन नजाँदा गुरुवर्ग तथा आफन्तको गाली खाईनेछ । भौतिक सम्पत्ती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला, समय मध्ययम रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले मनमुटाव बढ्ने योग रहेको छ भने पति पत्नीबीच अविस्वास बढ्ने योग रहेको छ । खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने छ । लामो दुरीको विदेश यात्रा तय हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)व्यापार व्यावसाय खस्केर जानेछ भने आम्दानीका स्रोतहरु साँघुरा भएर जानेछन् । अध्ययन अध्यापनमा मन नजाने हुनाले उपलब्धी अरुकै पोल्टोमा पर्नेछ । माया प्रेममा सामान्य अविश्वास सिर्जना हुने योग रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खर्च बढ्नाले आर्थिक व्यवस्थापन गर्न असजिलो हुनेछ । नोकरी तथा पढाइमा हुने प्रतिस्पर्धामा विजय हुन कडा मिहिनेत गर्नुपर्नेछ । पुराना समस्या पुनः बल्झन सक्छ वा ऋण लाग्नेछ, ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) धार्मिक स्थलको भ्रमण हुनेछ भने आफ्नो संस्कार तथा रितिरिवाजमा जोगाउन समय लगानी गर्नुपर्ने हुनसक्छ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धीमुलक कामहरु समयमा नै सम्पन्न हुनेछन् । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुनाले एक अर्कालाई विश्वास गर्दै जान सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पर्यटकीयय तथा रमाईलो यात्रा हुनेछ भने भौतिक सम्पत्ती तथा सवारी साधन प्राप्तीको योग रहेको छ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । मायाप्रेम तथा पति पत्नीबीचको सम्बन्धमा विश्वासको वातावरण मजबुत भएर जानेछ ।




प्रतिक्रिया