तपाईंको आजको दिन कस्ताे छ ? हेर्नुस् राशिफल

तपाईंको आजको दिन कस्ताे छ ? हेर्नुस् राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – वि.सं.२०७७ साल आषाढ २४ गते । बुधबार । ईश्वी सन् २०२० जुलाई ०८ तारिख । काठमाडौंमा सूर्योदय ०५ बजेर १५ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्तजन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाइनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ । व्यापार व्यवसायमा सामान्य वृद्धि हुनेछ । पानी, खाद्यान्न जस्ता उद्योग तथा व्यावसायमा लगानी गर्दा उचित प्रतिफल पाइनेछ । विद्यामा तपाईंले गरेको मिहिनेत खेर जानेछैन ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ–नयाँ काम गरी समाजको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । रोजगारिका अवसर सिर्जना गरी धन सम्पत्ति कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट लाभ पाउनेछन् । प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) यात्राका क्रममा महत्त्वपूर्ण व्यक्ति हरुसँग भेटघाट हुनेछ । तपाईंको काममा आफन्त तथा शुभचिन्तकहरुको सहयोग रहनेछ । माया प्रेमको गाँठो कसिलो भएर जाने तथा जीवनसाथीको सहयोगले राम्रा कामहरु सम्पादन हुनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । मध्यान्हबाट कामका सवालमा उठ्ने गोप्य कुराहरु बाहिर आउन सक्ने हुनाले सजग रहनु पर्नेछ । दिदी बहिनीसँग मनमुटाव बढ्ने योग रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुसी भएको महशुस गर्नेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नोकरीमा प्रतिस्पर्धीहरुलाई हराउँदै अगाडी बढ्न सकिनेछ भने शत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । विवादित निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । पुराना स्वास्थ्यसम्बन्धि समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेको छ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)nस्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । बिहानको समयमा कृषि पेशा तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय राम्रो रहेकोले छोटो दुरिको व्यावसायीक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्ने आँट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखी रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) साहसिलो काम गर्ने जोसजाँगर आउनेछ भने खेलकुद तथा यस्तै गतिविधिमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा परिणाममुखी उपलब्धी हासिल गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँग मिलेर गरिने जुनसुकै व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबीच मायाको गाँठो कसिलो भएर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आत्मीय मित्र तथा जीवनसाथीको सहयोगले व्यापार व्यावसायमा लगानी गरी आम्दानी गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्ध थप सुमधुर भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने प्रतिस्पर्धीहरुलार्ई सजिलै हराइ नतिजा जित्न सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै उपलब्धिमुलक कामहरु गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समय मध्ययम रहेकोले स्वास्थ्यसम्बन्धि सामान्य समस्याले नसताउला भन्न सकिन्न । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाब सिर्जना हुनेछ । मध्यान्हबाट दिगो फाईदा हुने व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) काम गर्दा विशेष सावधानी अपनाउनुहोला, समयमा नसकिने हुँदा मान सम्मानमा कमी हुनेछ । बाहिरी वातावरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउनेछ । बिहानको समय राम्रो रहेको पढाइ लेखाइमा राम्रो प्रगति गर्न सकिनेछ ।