तपाईंको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस राशिफल

तपाईंको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वि.सं.२०७७ साल असोज १४ गते । बुधबार । ईश्वी सन् २०२० सेप्टेम्बर ३० तारिख । नेपाल संवत् ११४० । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४९ मिनेटमा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसाय फस्टाएरु जाने हुनाले थप लगानीको लागि रुपैया जुटाउँन सहज हुनेछ । सुन्दर तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर बस्त्र पहिरन अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)पढाइ लेखाइमा अल्छी गर्नाले अरुभन्दा पछि परिनेछ । मायाप्रेममा अविस्वास बढ्नेछ । बुवा वा बुवासरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा आजको दिन भेट नहुँदा नै राम्रो रहेकोछ भेटमा एक अर्कालाई अविश्वास गर्नाले नचाहादा नचाहादै छुट्टिनुपर्ने हुनसक्छ । व्यापार व्यावसाय खस्केर जाने ग्रहयोग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । राजनीति तथा समाज सेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन । तरपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । सवारी साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पहिलेका सम्झौता भङग हुनेछ भने साझेदार हरुबीच भनाभन हुने योग रहेकोछ । पढाइ लेखाइमा अल्छि गर्नाले नतिजा भनेजस्तो आउनेछैन । विलाशी सामान प्राप्तिको योग भएपनि तपार्ईँ आफ्नै कारणले टरेर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकोले केहि समय पर्खनु उचित हुनेछ भने बैक तथा वित्तिय क्षेत्रमा गरीएको लगानी भने फस्टाएर जानेछ । अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । आकस्मिक धन तथा सम्पती हात लागी हुने योग रहेकोछ । आस मारेको काम बन्नाले मन प्रशन्न हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा सहयोगिको साथ पाइने हुनाले जस्तो सुकै परिस्थितिहरुको पनि सामना गर्न सहज वातावरण बनेर जानेछ । पढाइ लेखाइमा थोरै समय दिदापनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी लामो समयसँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) मुद्दा मामिला तथा प्र्रतिश्पर्धामा तपार्ईँको पक्षमा निर्णय नआउदा मानशिक तनाव बढ्नेछ । बिद्यामा गरीएको लगानीबाट सन्तोषजनक नतिजा आउनेछ । प्रयण सम्बन्धमा चिसोपन बढ्ने भएपनि अन्तत एक अर्कालाई बुझ्दै अगाडि बढ्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको गतिलो उपश्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाई आर्थिक अवस्था सुदृड बनाउन सकिनेछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीति तथा समाजसेवामा गरीएको लगानीबाट भनेजस्तो उपलव्धी हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेको छ । ढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडी बढ्न सकिने ग्रहयोग रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) भौतिक सम्पती तथा सवारी साधनको प्रयोग तथा परिचालन मार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाईको सहयोग हुने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।