रसुवामा पहिरोले घर पुरिंदा चार बेपत्ता

रसुवामा पहिरोले घर पुरिंदा चार बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा – घरमाथिबाट आएको पहिराका कारण दक्षिणी रसुवाको कोलडांडा भन्ने स्थानमा एक घर पुरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेका अनुसार भारी वर्षासंगैको पहिराले नौकुण्ड गाउंपालिका–५ कोलडांडा भन्ने स्थानमा गए राति श्यामबहादुर गलानको घर पुरिंदा चार जना बेपत्ता भएका छन् ।

गलान भने घाइते अवस्थामा भेट्टिएकाले उपचारार्थ नुवाकोटको त्रिशूली अस्पताल पठाइएको छ । सदरमुकाम धुञ्चेबाट करिब ५० किलोमिटर दक्षिण दूरी पर ठूलोभोर्ले र धुसेनी गाउंको बिच भागमा उक्त घटना भएको हो ।

बेपत्ता रहेकाको खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल घटनास्थलमा पठाइसकिएको तथा घटनाको विवरण आउन बांकी रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताए ।
-रासस