काठमाण्डु – नेपाल राष्ट्र बैंकले आवसीय कर्जाको सीमा बढाएको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमार्फत् आवासीय कर्जा ५० लाख रुपैयाँले वृद्धि गरेको हो।
कर्जा सीमा बढेसँगै अब घर बनाउन बैंकबाट २ करोड रुपैयाँसम्म ऋण पाइनेछ। शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने घोषणा मौद्रिक नीतिले गरेको छ ।




प्रतिक्रिया