ब्याजदर बढाउने बैंकहरुको निर्णयमा राष्ट्र बैंकको हस्तक्षेप

ब्याजदर बढाउने बैंकहरुको निर्णयमा राष्ट्र बैंकको हस्तक्षेप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बैंकहरुले ११.१० प्रतिशतसम्म ब्याजदर पुर्याएपछि नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेको छ । बैंक तथा बित्तिय संस्थाहरुल कार्तिक १ बाट लागु हुने गरे निक्षेपकको ब्याजदर बृद्धि गरेका थिए । तर,मंगलवार तीन बुदे निर्देशन जारी गर्दै निक्षेपको ब्याजदर घटाउने नीतिगत व्यवस्था गरेको हो ।

हिमालयन,एनआइसी एसिया र लक्ष्मी बैंकले ब्याजदर ११ प्रतिशतभन्दा माथी प्रकाशित गरेका थिए । त्यसका साथै अरु बैंकहरुले समेत १० प्रतिशतसम्म पुर्याएका थिए ।

राष्ट्र बैंकको नयां निर्देशनअनुसार अव बैंकहरुले ब्याजदर परिवर्तन गर्दा अघिल्लो महिनाको तुलनामा १० प्रतिशतभन्दा बढी बढाउन वा घटाउन पाउने छैनन् । यस्तै व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याजदर संस्थागतभन्दा १ प्रतिशत बिन्दुले बढी हुनुपर्ने छ ।

साथै, बैंक तथा वित्तीय संस्थाले कात्तिक महिनाका लागि प्रकाशित भइसकेको ब्याजदर समेत बढी भएको अवस्थामा संशोधन गर्नुपर्नेछ ।