राष्ट्र बैंकले आगामी असार मसान्तसम्म थप चार सय ९६ करोडको आन्तरिक ऋण उठाउने

राष्ट्र बैंकले आगामी असार मसान्तसम्म थप चार सय ९६ करोडको आन्तरिक ऋण उठाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी असार मसान्तसम्म पुुनः चार सय ९६ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष सुरु भएयता विभिन्न किसिमको टे«जरी बिल,वैदेशिक रोजगार बचतपत्र, नागरिक बचत पत्रलगायतका मौद्रिक उपकरण बिक्री गरेर झण्डै एक खर्ब ३२ अर्ब रुपैयाँको हाराहारीमा आन्तरिक ऋण उठाइसकेको छ ।

यसअघि चालू आवको पहिलो त्रैमासिकमा पनि राष्ट्र बैंकले वार्षिक ऋण योजनामध्ये ३९ दशमलव ६८ प्रतिशत अर्थात् ५७ अर्ब ५४ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाइसकेको छ । चालू आवको दोस्रो त्रैमासिकमा भने राष्ट्र बैंकले कुुल आन्तरिक ऋणको ४२ दशमलव ४२ प्रतिशत अर्थात् ६१ अर्ब ६१ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाएको थियो ।

यही चैतको अन्तिम सातासम्म पनि राष्ट्र बैंकले १८ अर्ब ६३ करोड रुपैयाँबराबरको टे«जरी बिल जारी गर्नेछ । कुुल टे«जरीमध्येमा ९१ दिने अवधिको दुुई अर्ब ८४ करोड, एक सय ८२ दिने अवधिको तीन अर्ब र तीन सय ६४ दिने अवधिको १२ अर्ब ७९ करोड रुपैयाँको टे«जरी बिक्री गर्ने लक्ष्य राष्ट्र बैंकको रहेको छ ।

चालू आर्थिक वर्षभित्र कुुल एक खर्ब ४५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको राष्ट्र बैंकले चालू आवको अन्तिम त्रैमासिकमा उक्त परिमाणमा आन्तरिक ऋण उठाउन लागेको हो ।