राष्ट्रपतिद्वारा आमा र गुरुको हातबाट टीका ग्रहण

राष्ट्रपतिद्वारा आमा र गुरुको हातबाट टीका ग्रहण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले दसैंको टीका ग्रहण गरेकी छिन् । राष्ट्रपति भण्डारीले शीतलनिवासमा आमा मिथिला पाण्डे र गुरु खेमराज ढकालको हातबाट दसैंको टीका लगाएकी हुन् ।

भण्डारीले शुभ साइतमै टीका, जमरा र आशीर्वाद ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । त्यसैगरी राष्ट्रपति भण्डारीले शुक्रबार हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि टीका ग्रहण गरीन् ।

यस अवसरमा राष्ट्रपति भण्डारीलाई विभिन्न शक्तिपीठका गुरुले प्रसाद प्रदान गरेका थिए । राष्ट्रपति भण्डारीले परिवारका सदस्यलाई पनि टीका लगाइ दिइन ।