काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको र सबै अवस्था राम्रो छ ।
उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै दूतावासले उनको स्वास्थ्य परीक्षणको रिपोर्ट सबै राम्रो आएको समेत बताएको छ । दूतावासले राष्ट्रपति पौडेल आइतबार डिस्चार्ज हुनसक्ने सम्भावना रहेको समेत बताएको छ ।
राष्ट्रपति पौडेलको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार भइरहेको छ ।




प्रतिक्रिया