काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् । नेकपाको सचिवालय वैठक सम्पन्न भएपछि प्रधानमन्त्री ओली शितल निवास पुगेका हुन् ।
सरकारले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेश ल्याउने निर्णय गरेपछि नेकपाभित्र तरंग छ । मन्त्रिपरिषदको अध्यादेश जारी गर्ने निर्णय सोमबार नै राष्ट्रपति भण्डारीले जारी गरेकी छन् ।
नेकपाको सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा विभिन्न कोणबाट छलफल भएको र प्रधानमन्त्रीले यसलाई ठुलो रुपमा नलिन आग्रह गरेको बताएपनि निर्णयबारे थप केही बोलेनन् ।




प्रतिक्रिया