संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा कश्मिरबारे अनौपचारिक बैठक

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा कश्मिरबारे अनौपचारिक बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा भारत प्रशासित कस्मिरको विषयमा अनौपचारिक बैठक बसेको छ। पाकिस्तानले राष्ट्र संघलाई पत्र लेखेपछि शुक्रबार सो अनौपचारिक बैठक बसेको हो। यो बैठक एक बन्द कोठामा बसेको बीबीसीले जनाएको छ।

तर, बैठक समाप्त भएपछि भारत, चीन र पाकिस्तानका राजदूतले पत्रकारसँग कुराकानी गरेका थिए। राष्ट्रसंघका लागि भारतका राजदूत सैयद अकबरुद्दीनले भारतले संविधानको धारा ३७० हटाएर कस्मिरको विशेषाधिकार हटाउने विषय आन्तरिक विषय भएको बताएका थिए।

अमेरिका न्युयोर्क्स्थित राष्ट्र संघको मुख्यालयमा पत्रकारसँग बोल्दै उनले कस्मिरको विषय शान्तिपूर्ण तरिकाले छलफल गरेर टुंग्याउनु पर्ने तथा यस विषय एकतर्फबाट फैसला लिन नहुने बताए। चीनले संयुक्त राष्ट्रसंघको प्रस्तावअनुसार भारत प्रशासित कस्मिरको विवाद सुल्झाउनु पर्ने बताएको छ। कस्मिर मुद्दा खतरनाक स्थितिमा परिणत हुँदै गएको चीनको भनाइ रहेको छ।

पाकिस्तानले कस्मिरको विषय आफूहरुले अन्तर्रा्ष्ट्रियकरण गरेको बताएको छ। कस्मिरको विषय राष्ट्रसंघमा उठिसकेकाले यो अब भारतको आन्तरिक मामला नभएको राष्ट्रसंघका लागि पाकिस्तानका राजदूत मलिहा लोधीले बताईन् ।संविधानको धारा ३७० हटाउने विषय अब अन्तर्रा्ष्ट्रिय मुद्दा भएको पाकिस्तानको ठहर छ।