राष्ट्रिय अनुसन्धान विभाग गुप्तचरका थप दुई प्रदेश कार्यालय स्थापना

राष्ट्रिय अनुसन्धान विभाग गुप्तचरका थप दुई प्रदेश कार्यालय स्थापना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ – संघीय संरचनाअनुसार राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)ले जनकपुर र बुटवलमा नयाँ प्रदेश कार्यालय स्थापना गरी कर्मचारी खटाएको छ।

प्रदेशका नयाँ कार्यालयहरुमा अनुसन्धान निर्देशक(डिआईजी)लाई समेत पठाइएको छ। प्रदेश नम्बर नं. १ मा सुनिल ढकाल, २ मा सुमन बैद्य, ३ मा हरिहर पौडेल, ४ मा कुलदिप थापा, ५ मा टेकेन्द्र कार्की, ६ मा मधु कार्की र ७ नं. प्रदेशमा प्रकाश पाण्डेलाई पठाइएको छ।

संघीयतामा विभाग केन्द्रीय संरचनामै नै सञ्चालन हुने छ। केन्द्रीय संरचनामा सञ्चालन भएपछि गुप्तचरका प्रदेश कार्यालयले प्रदेश सरकारसँग मिलेर काम गर्नेछन्। त्यस्तै पूर्वी नवलपरासी र पश्चिम रुकुममा विभागका जिल्ला कार्यालय स्थापना गरिएको छ।

संघीयतामा नेपाल प्रहरी बोहक अन्य सुरक्षा निकायहरु केन्द्रीय संरचनामै रहनेछन्। नेपाली सेनाले प्रदेशअनुसार गत वर्ष नै कार्यालय स्थापना गरिसकेको छ। सशस्त्र प्रहरीले भने प्रदेश संरचनाअनुसार कार्यालय स्थापना गर्न सकेको छैन।