काठमाण्डु- राष्ट्रिय सभामा नव निर्वाचित १९ सदस्यहरुले शपथ ग्रहण गरेका छन् । शनिबार बिहान सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा उनीहरुले पद तथा गोपनीयता शपथ खाएका हुन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उनीहरुलाई शपथ गराएका थिए । माघ १२ गते सम्पन्न निर्वाचनमा १९ जना नयाँ सदस्य निर्वाचित भएका थिए । निर्वाचित १९ मध्ये १८ जना सत्ता गठबन्धनका उम्मेदवार छन् । नेकपा एमालेबाट प्रदेश १ मा अल्पसंख्यकतर्फ सोनाम गेल्जेन शेर्पा मात्र विजयी भएका थिए।




प्रतिक्रिया