काठमाण्डु – राष्ट्रिय सभाको चुनावी प्रक्रिया आजदेखि सुरु हुँदै छ । राष्ट्रिय सभामा रिक्त हन लागेको १९ सदस्यका लागि माघ १२ गते मतदान तय भएको छ । निर्वाचन कार्यक्रमअनुसार आज मतदाताको नामावली प्रकाशन, दाबी विरोधको उजुरी तथा नाम सच्याउन दरखास्त दिने लगायतका कार्यक्रम छन् ।
पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन, निर्वाचन चिह्न वितरण र निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । राष्ट्रिय सभा निर्वाचनमा पालिका तहमा १ हजार ४ सय ९३ जना र प्रदेश सभामा ५ सय ३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता छन् ।
त्यस्तै‚ मतदानका लागि आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । राष्ट्रिय सभा चुनावमा भाग लिन १२ दल दर्ता भएका छन् ।आउने फागुन २० मा एमालेका आठ, कांग्रेसका तीन, एकीकृत समाजवादीका चार र राष्ट्रपतिबाट मनोनीत एक जनाको कार्यकाल सकिने सङ्घीय संसद् सचिवालयले जनाइसकेको छ ।




प्रतिक्रिया