काठमाण्डु– नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूसँग सम्बन्धित नयाँ निर्देशन र मापदण्डको मस्यौदा तयार पारेको छ।
नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्डको प्रारम्भिक मस्यौदा तयार पारेको हो।
यो निर्देशन तथा मापदण्ड जारी भएको मितिदेखि लागू हुनेछ। सहकारीहरूले अब ऋणीको वर्गीकरण गर्नुपर्ने गरी मस्यौदा तयार भएको छ।
प्रारम्भिक मस्यौदामा वित्तीय स्रोत परिचालनसम्बन्धी व्यवस्था गरिएको छ। स्रोत संकलनको सीमा तोकिएको छ। जसमा संस्थाले सदस्यहरूबाट मात्र बचत संकलन गर्न सक्नेछ। संस्थाले प्राथमिक पुँजी कोषको १५ गुणासम्म बचत संकलन गर्न सक्नेछ। संस्थाले बैंक तथा वित्तीय संस्थाबाट कुल सम्पत्तिको पाँच प्रतिशतसम्म वा पुँजी कोषको बढीमा सय प्रतिशतसम्म (जुन कम हुन्छ त्यो सीमासम्म) ऋण लिन सक्नेछ।
संस्थाले प्रतिसदस्य संस्थाको कार्य क्षेत्र अधिकतम सीमा एक जिल्ला कार्यक्षेत्र भएको १० लाख, एकभन्दा बढी जिल्ला कार्यक्षेत्र भएको २५ लाख र एक प्रदेशभन्दा बढी कार्यक्षेत्र भएको ५० लाख रुपैयाँ रहेको छ।




प्रतिक्रिया