राष्ट्र बैंकले भन्यो-तिहार बिदामा पनि बैंकिङ सेवा दिनू

राष्ट्र बैंकले भन्यो-तिहार बिदामा पनि बैंकिङ सेवा दिनू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई तिहारको समयमा भाइटीकाको दिनबाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ ।

केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैंकिङ प्रणाली सञ्चालनमा राख्न आग्रह गरेको हो ।

त्यसैगरी राष्ट्र बैंंकले शनिवारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने जनाएको छ ।