काठमाण्डु – सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दुई जनालाई बनाएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निलम ढुङ्गाना र बम बहादुर मिश्रलाई डेपुटी गभर्नर बनाउने निर्णय गरेको हो । राष्ट्र बैंकमा पहिलो पटक महिला डेपुटी गभर्नर नियुक्त भएको हो ।
लामो समयदेखि राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर पद रिक्त रहेको थियो । गत फागुन १८ गते डेपुटी गर्भनरका रुपमा रहेका चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल सकिएको थियो ।




प्रतिक्रिया