सार्वजनिक हुनुअघि नै मौद्रिक नीति बाहिरियो

सार्वजनिक हुनुअघि नै मौद्रिक नीति बाहिरियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने मौद्रिक नीति समय अगावै बाहिरिएको छ ।

केन्द्रीय बैंकले आर्थिक बर्ष २०७८/७९ को मौद्रिक नीति ४ बजे सार्वजनिक गर्ने कार्यसूची रहेको छ । तर, मौद्रिक नीति सार्वजनिक हुनुअघि नै बाहिरिएको हो ।

सार्वजनिक गर्नुअगाडि नै मौद्रिक नीति सार्वजनिक भएपछि अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी र अर्थसचिव मधु मरासिनीसँग जिज्ञासा राखेका छन् ।

बैंकले समाचार एजेन्सीलाई मौद्रिक नीति सार्वजनिक कार्यक्रमको प्रत्यक्ष प्रसारणको अनुमति दिएको थियो । उक्त विषयमासमेत आलोचना भएको छ ।