काठमाण्डु – नेपाल राष्ट्र बैंकले सरकारलाई ३ करोड ४६ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले कोरोना भाइरसको रोकथामका लागि सरकारले स्थापना गरेको कारोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा ३ करोड ४६ लाख रकम सहयोग गरेको हो ।
मंगलबार बैंकका प्रतिनिधिले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेटेर चेक हस्तान्तरण गरेका हुन् । बैंकले कोरोना भाइरसले प्रभावित पारिरहेको घडीमा सरकारलाई दिएको बताएको छ ।




प्रतिक्रिया