काठमाण्डु– उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन राष्ट्रपति रामचन्द्र पौडेल कीर्तिपुर पुगेका छन् ।
हिजो पोखरामा बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री र पोखराका मेयर आचार्यको स्वास्थ्य स्थिती बुझ्न राष्ट्रपति पौडेल आज कीर्तिपुर बर्न अस्पतालमा पुगेका हुन् ।
राष्ट्रपतिलाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल, सचिव डा. रोशन पोखरेल र हरिप्रसाद मैनाली तथा अस्पतालका निर्देशक किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले स्वास्थ्य स्थिती र उपचार प्रक्रियाबारे जानकारी गराए ।
शनिबार पोखरामा भ्रमण वर्ष घोषणा कार्यक्रममा हाइड्रोजन ग्यास भरिएका बेलुन स्पार्क मेसिनबाट निस्किएका झिल्काहरुले छुदा बेलुन ब्लास्ट भएको थियो । मन्त्री पौडेल र मेयर आचार्यका हातमा रहेका बेलुन पड्किदा आगोको झिल्काले उनीहरुको हात र अनुहार जलेको थियो ।
दुवै जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
प्रतिक्रिया