राष्ट्रपतिले गरिन् ‘चुच्चे नक्सा’सहितको पदकबाट ४५२ जनालाई सुशोभित

राष्ट्रपतिले गरिन् ‘चुच्चे नक्सा’सहितको पदकबाट ४५२ जनालाई सुशोभित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले चुच्चे नक्सासहितको पदकबाट चार सय ५२ जनालाई विभूषित गरेकी छन् ।

बुधबार शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेको चुच्चे नक्सा सहितको पदक वितरण गरेकी हुन् ।

गत चैत २७ मा वितरण गरिएको पदकमा चुच्चे नक्सा नसमेटिएको भन्दै विरोध भएको थियो । सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नयाँ नक्सा २०७६ जेठ ५ गते पारित गरेको थियो ।