राष्ट्रपतिले गरे अर्थसम्बन्धी तीनवटा विधेयक प्रमाणीकरण

राष्ट्रपतिले गरे अर्थसम्बन्धी तीनवटा विधेयक प्रमाणीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले अर्थसम्बन्धी तीनवटा विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपतिले सोमबार आर्थिक वर्ष २०८२÷८३ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपला सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।

यस्तै राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयकपनि प्रमाणीकरण भएकाे छ ।

उनले दुवै सदनबाट पारित आएका विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय शीतल निवासकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिइन् ।