शीतल निवासबाट एयरपोर्ट पुग्न राष्ट्रपतिलाई हेलिकोप्टर !


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी एडब्लु (अगष्टा वेस्टल्याण्ड) -१३९ मोडलको हेलिकोप्टरको कलसाइन ९ एन–आरएम चढेर विमानस्थल पुगेकी छन् ।

म्यानमार भ्रमणमा जाने क्रममा बुधबार बिहान राष्ट्रपति भण्डारी शीतल निवासदेखि पहिलोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हेलिकप्टरमा पुगेकी हुन् । ट्राफिक व्यवस्थालाई ध्यानमा दिँदै स्थलमार्गको सट्टा हवाइमार्ग प्रयोग भएको एक सुरक्षा अधिकारीले जानकारी दिए । ती अधिकारीका अनुसार भीभआिईपीको सवारीमा सडक दुवैतर्फ बन्द गरेको भन्दै आलोचना हुने गरेपछि ट्राफिक व्यवस्थापनमा समस्या नहोस् भनेर राष्ट्रपति हेलिकप्टरमार्फत एयरपोर्ट गएकी हुन् ।

नेपाली सेनाले भिभिआइपीका लागि भन्दै केही समयअघि हेलिकोप्टर खरिद गरेको थियो । एक अर्ब ७० करोड रुपैयाँमा किनेको हेलिकप्टर राष्ट्रपति र प्रधानमन्त्रीको उडानमा प्रयोग हुनेछ । भण्डारी बुधबार विहान म्यानमार प्रस्थान गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement