काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओली भेट्न टिचिङ अस्पताल पुगेकी छन् ।
अपरेशनपछि पूर्ण स्वास्थ्यलाभ गरेर प्रधानमन्त्री ओली बिहीबार अपरान्ह ३ बजे डिस्चार्ज हुने भएपछि प्रधानमन्त्रीलाई भेट्न राष्ट्रपति अस्पताल पुगेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
राष्ट्रपति भण्डारीले मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा ३० मिनेट बिताइन् । उनले आधा समय प्रधानमन्त्रीसँग कुराकानी गरिन् भने आधा समय चिकित्सकसँग कुराकानी गरिन् ।
राष्ट्रपति भण्डारीलाई अस्पतालका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठ, प्रधानमन्त्रीका प्रेस सल्ला्हकार सूर्य थापालगायतले स्वागत गरेका थिए ।
गत मंसिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।




प्रतिक्रिया